Logo
Logo

यातायातका तीन कर्मचारी अख्तियारको फन्दामा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ८ असोज ।
नेपालीकरणका नाममा चलखेल गर्ने यातायातका तीन कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र,जगाती, भक्तपुरका शाखा अधिकृत अनोजकुमार घिमिरे, शाखा अधिकृत कोमलराज निरौला र नायव सुब्बा हेम कुमार वस्नेतविरुद्ध अख्तियारले मुद्दा चलाएको हो ।


सुन्दर अधिकारीद्वारा नक्कली भारतीय सवारीचालक अनुमतिपत्र नेपालीकरणको लागि पेश गरेको निवेदनअनुसार उक्त नक्कली भारतीय सवारीचालक अनुमतिपत्रलाई गलत ढंगले नेपालीकरण गरी गलत लिखत तयार गरेको पुष्टि भएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए ।
निज सुन्दर अधिकारीको हकमा सवारीचालक अनुमतिपत्रको नेपालीकरणका लागि नक्कली भारतीय सवारीचालक अनुमतिपत्र र दूतावासको नक्कली सिफारिस पेश गरी निजको नाममा नेपाली सवारीचालक अनुमतिपत्र समेत तयार भएको हुँदा निज सुन्दर अधिकारीले मतियारको कसुर गरेको प्रमाणित हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएअनुसार भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ९ बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्