Logo
Logo

संकट समाधानका लागि गम्भीर बन्न अपिल


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ९ असोज । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण विश्वव्यापी चुनौतीका रुपमा सिर्जित संकट समाधानका लागि गम्भीर बन्न विश्व नेताहरुलाई अपिल गरेका छन् ।
संयुक्त राष्ट्रसंघको आयोजनामा संयुक्तराज्य अमेरिकाको न्यूयोर्कमा जारी जलवायुकार्य शिखर सम्मेलनको कार्यक्रममा सम्बोधन गर्दै उनले सो अपिल गरेको मन्त्रालयले जनाएको छ । समस्या समाधानका लागि समयमै उचित कदम नचालिए पृथ्वी र मानव अस्तित्व नै संकटमा पर्ने खतरा बढेकोतर्फ मन्त्री बस्नेतले विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।
सम्मेलनको ‘अ कल फर एक्सनः रेजिङ एम्बीसन फर क्लाइमेट एडप्टेशन एण्ड रेजिलियन्स र ‘कम्युनिटी रेजिलियन्स पार्टनरसिप प्रोगाम’लाई सम्बोधन गर्दै उनले समस्याको दीर्घकालीन र दिगो समाधानका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए । जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमालीमुलुक बढी प्रभावित भएको चर्चा गर्दै उनले जलवायु परिवर्तन अनुकूलनका दिगो र प्रभावकारी कार्यक्रम तय गर्नुपर्नेमा जोड दिएको मन्त्री बस्नेतका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।

जलवायु परिवर्तनले संसारभर अकल्पनीय अवस्थाको सिर्जना हुन लागिसकेको उल्लेख गर्दै मन्त्री बस्नेतले यसले पृथ्वीको स्थिरता र मानवजातिकै भविष्यमाथि नै खतरा निम्त्याउन सक्नेबारे ध्यानाकर्षण गराएका थिए । उनले जलवायु परिवर्तनको असरबाट साना र गरीब मुलुक बढी प्रभावित रहेको तथ्यमाथि विचार गर्न आग्रह गर्दै त्यसका लागि गरीब र साना मुलुकले अहिले गर्दै आएका प्रयास मात्र पर्याप्त नहुने उल्लेख गरेका थिए ।
मन्त्री बस्नेतले राष्ट्रसंघका सदस्य मुलुकबीच आर्थिक तथा प्राविधिक सहयोगका साथै ज्ञान आनादप्रदान गर्नुपर्ने र नेपालले प्रकृतिमा आधारित समाधानको प्रयासलाई जारी राखेको जानकारी दिँदै विसं २०७६ लाई राष्ट्रिय वृक्षरोपण वर्षका रुपमा मनाइरहेको जानकारी गराएका थिए ।
एशियाली विकास बैंकको आयोजनामा भएको अर्को कार्यक्रममा मन्त्री बस्नेतले नेपालले जलवायु अनुकूलन क्षमताको विकास र अनुसन्धानको कामलाई महत्वका साथ अघि बढाएको जानकारी गराउँदै त्यसका लागि सरकारले विश्व समुदायका साथै नागरिक समाज, निजी क्षेत्र र राष्ट्रिय÷अन्तर्रा्ष्ट्रिय साझेदारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्