काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य अवस्था कमजोर भएपछि एक साताअघि ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनी शुक्रबार डिस्चार्ज भएका हुन् ।
नेता पुन कार्यक्रमको सिलसिलमा रोल्पामा हुँदा अस्वस्थ्य भएको काठमाडौं ल्याएर अस्पतालमा भर्ना गरिएको थियो । उनका निजी चिकित्सक डा. युवराज शर्माका अनुसार स्वास्थ्यमा केही सुधार आएसँगै उनलाई डिस्चार्ज गरिएको हो । तर, उनलाई चिकित्सककै निगरानी राखेर खानपिनलगायत सम्पूर्ण कुराको ख्याल गरिने भएको छ ।
जन्डिसले कलेजोमा कमजोर गराएकाले त्यसलाई समाधान गर्नेगरी चिकित्सकको टोलीले सल्लाह दिइरहेको उनले बताए । वंशाणुगत जन्डिसबाट पीडित पुन चुनावी धपेडीका कारण गत १६ मंसिरमा नेपाली चिकित्सकको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए ।