Logo
Logo

कृषि विकास बैंक ह्याकिङ प्रकरणः थप तीन पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

 काठमाडौं, १० असोज ।
कृषि विकास बैंकको ह्याकिङ प्रकरणमा थप तीन पक्राउ परका छन् । यज्ञदत्त भट्ट, गणेश बस्याल र पर्वतीका मालती देवी न्यौपाने भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो ।
बैंकको महेन्द्रनगर शाखाबाट पैसा निकाल्ने यज्ञदत्त भट्टलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । त्यस्तै पर्वतका मालती देवी न्यौपाने भट्टराईलाई समेत पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए । पवर्त घर भई गोंगबु बस्ने गणेश बस्याललाई पनि प्रहरीले पक्राउ गरेको छ ।
ह्याकिङको चार करोड ७० लाख रुपैयाँ मध्ये भट्टसँग ४५ लाख तथा भट्टराईसँग २४ लाख रुपैयाँ पुगेको थियो । सो प्रकरणमा यसअघि नै १३ जना पक्राउ परिसकेका छन् । गिरोहका नाइके भारतमा छन् । बैंककै कर्मचारीको मिलेमतोमा पासवोर्ड चोरेर पैसा निकालिएको आशंका गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्