Logo
Logo

चलखेलमा भएका सरुवा बदर होलान् ?


10.2k
Shares


काठमाडौं । गृहमन्त्रीबाट हट्नुअघि बालकृष्ण खाणले केही जिल्लाका प्रहरी इन्चार्ज र सिडिओको काज सरुवा गरेका थिए । यतीबेला गृहले ठूलो संख्यामा सिडिओ र प्रहरी इन्चार्जको सरुवा तयारी गरेको छ । जसमा यसअघि चलखेलका आधारमा भएका काज सरुवा कायम रहन्छ कि त्यसलाई सच्याउने काम हुन्छ भन्ने धेरैको चासो छ ।


केही महत्वपूर्ण जिल्लाका एसपीलाई गत महिना सरुवा गरिएको थियो । सरुवाको मापदण्डविपरीत केहीलाई इन्चार्जबाट इन्चार्जमै सरुवा गरिएको थियो । जस्तो बाँकेमा डेढ वर्ष बसेका एसपी श्यामकृष्ण अधिकारीलाई लुम्बिनी प्रदेशको ट्राफिक प्रमुखमा सरुवा भयो । बाँकेमा हुँदा अकुत सम्पत्ति आर्जन गरेको पैसा प्रयोग गरी उनले इन्चार्जमै सरुवा गराएका थिए । स्रोतका अनुसार अधिकारीलाई ट्राफिकबाट हटाउने तयारी छ ।


त्यस्तै, सुर्खेतमा गएका योगेन्द्रसिंह थापा त्यसअघि लुम्ब्निीको ट्राफिक इन्चार्ज थिए । उनको पनि काज सरुवा बदर हुने सम्भावन छ ।


त्यस्तै, बाँके गएका सन्तोषसिंह राठौर तथा कैलाली गएका देवेन्द्र पालको पनि त्यही पदस्थापन हुने कम सम्भावना छ । एसपी राठौर सर्लाहीमा हुँदा कारबाही स्वरुप तानिएका थिए । उनलाई गणबाट जिल्ला पठाइएको छ ।

एसपी कोमलबिक्रम शाह शेरबहादुर देउवाको पिएसओ बसेका आधारमा पर्सा पाएका थिए । उनी आफ्नो सरुवा त्यही गराउन दौडधुपमा लागेका छन् ।


नरेशराज सुवेदी सर्लाही गएका थिए । उनी प्रचण्डका पूर्व पिएसओ हुन्, त्यसकारण उनलाई समस्या छैन । झापा गएका दुर्गा रेग्मी पनि हट्ने सम्भावना रहेको बताइन्छ । प्रहरी प्रधान कार्यालयले केही दिनभित्रै सरुवा निकाल्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्