काठमाडौं । सहसचिव लालबाबु कवारीलाई गोरखाको सिडिओ बनाउने निर्णय गृह मन्त्रालयले रद्द गरेको छ । गत साताको सरुवामा कवारीलाई सिराहाबाट गोरखाको सिडिओमा सरुवा गरिएको थियो ।
कवारी विवादास्पद पृष्ठभुमीका कर्मचारी हुन् । यसअघि कम्पनी रजिष्ट्रार कार्यालयमा हुँदा घुसकाण्डमा मुछिएका थिए । पछि सफाई पाएपछि सेटिङमा सिडिओ बनेका थिए । उनलाई फेरि पुरस्कृत गरिएपछि गृह प्रशासनको आलोचना भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्लामा विवादास्पद व्यक्तिलाई गृहले सिडिओमा पठाएपछि सरुवा रद्द भएको स्रोत बताउँछ ।
गोरखामा नयाँ सिडिओ खटाइएको छैन । कवारीलाई मन्त्रालयमा हाजिर हुन भनिएको छ ।
गृहले ४६ जिल्लाको सिडिओको सरुवा गर्दा सेटिङको आरोप लागेको छ । अन्य जिल्लामा पनि विवादास्पद सिडिओहरुले जिम्मेवारी पाएका छन् ।