Logo
Logo

डेढ लाख घुससहित कार्यालयबाटै पक्राउ परे खाद्यका इन्जिनियर


1.1k
Shares


काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका इन्जिनियर डेढ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठौं तहका इन्जिनियर योगेन्द्र ढुंगेललाई बिहीबार साँझ पक्राउ गरेको हो ।


एक कम्पनीले जार तथा मिनरल वाटरको बिक्रिका गर्नका लागि अनुज्ञापत्र माग गरेकोमा उनले घुस मागेका थिए । घुस नदिई कामै नगरेपछि पीडितले घुस दिएर अख्तियारलाई खबर गरेका थिए । कार्यालयबाट निस्कदै गर्दा उनी गेटमा पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्