काठमाडौं । नेपाल प्रहरीले आफ्नो कल्याणकारी कोषबाट नर्सिङ कलेज सञ्चालनमा ल्याएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी अस्पतालमा स्थापना गरिएको कलेजको बिहीबार उद्घाटन गरेका छन् ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद(सिटिइभिटी)बाट सम्बन्धन्ध लिएर प्रमाणपत्र तह नर्सिङ कार्यक्रम संचालन गर्न थालेको छ ।
प्रहरी प्रवक्ता डिआइजी पोषराज पोखरेलका अनुसार यस कलेजमा ४० जना बिद्यार्थी भर्ना भएका छन् । व्यापार भन्दा सेवाको उदेश्यले नर्सिङ कलेज सुरु गरिएको उनले बताए । ‘ कलेजमा प्रहरीका सन्ततीले छात्रवृत्तिमा पढ्न पाउनेछन् । नाफा कमाउने उदेश्यले नर्सिङ कार्यक्रम सुरु गरिएको होइन ।’ उनी भन्छन्, ‘प्रहरी अस्पतालका लागि दक्ष जनशक्ति उत्पादन गर्ने पनि लक्ष्य हो ।’
प्रहरीले यसअघि मेडिकल कलेज पनि स्थापना गर्ने प्रयास गरेको थियो । तर, गोविन्द केसीको आन्दोलनपछि प्रहरीको सम्बन्धन रोकिएको थियो ।
नयाँ नर्सिङ कलेजमा आगाम िवर्षदेखि प्रहरीका सन्तततीले छात्रवृत्ति पाउने भएका छन् । यो वर्ष प्रक्रियामा ढिलाई हुँदा छात्रवृत्ति दिइएको छैन।