Logo
Logo

कैलालीमा ट्राफिक नियममा कडाईः मापसेमा ट्राफिक कक्षा अनिवार्य


1.6k
Shares


धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीले ट्राफिक नियम पालनामा कडाई थालेको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने र लेन अनुशासन उल्लंघन गर्ने चालकलाई जरिवानासँगै ट्राफिक कक्षा पनि अनिवार्य गर्न थालेको छ ।



सोमबारदेखि दुर्घटना न्यूनीकरण गराउने उदेश्यले यसरी दुई वटा कसुरमा एक घन्टा सचेतनात्मक कक्षा सुरु गरिएको हो । यस्तो प्रावधान यसअघि ट्राफिक प्रहरीले उपत्यकामा मात्र लागू गरेको छ । कैलालीमा पहिलोपटक अनुशासन पालना सम्बन्धि सचेतनामुलक कक्षा सञ्चान हुन थालेको हो ।
ट्राफिक प्रहरी कार्यालय, कैलालीका प्रमुख, इन्सपेक्टर वीरेन्द्र सिंह जोहारीले ट्राफिक अनुशासन बढाउने र दुर्घटना घटाउने उदेश्यले कडाई थालिएको बताए ।

प्रतिक्रिया दिनुहोस्