Logo
Logo

अकुत सम्पत्ति कमाएका कर्मचारीलाई कैद सजाय


2k
Shares


काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धि मुद्दामा एक कर्मचारीलाई दुई करोड रुपैयाँ जरिवाना तथा एक वर्ष कैद सजाय सुनाएको छ। बिशेष अदालतले इन्जिनियर भरतराज आचार्यसमेतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ असार २०७७ मा आचार्यसहित उनकी श्रीमती रीतादेवी खनालविरुद्ध जफत प्रयोजनका लागि मुद्दा दायर भएको थियो।


सडक विभागअन्तर्गतका इन्जिनियर आचार्यले २०४१ सालमा सब ओभरसियर पदबाट सरकारी सेवामा प्रवेश गरेका हुन्। अख्तियारको अनुसन्धानअनुसार २०७६ जेठ मसान्तसम्म उनले ५ करोड २९ लाख ४२ हजार रुपैयाँ आर्जन गरेका थिए। जब कि वैध आय २ करोड ७ लाख रुपैयाँ मात्र देखिएको थियो । यसरी ३ करोड २१ लाख ६२ हजारभन्दा बढी सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको अभियोग दाबीसहित मुद्दा दायर भएकोमा लगभग दुई करोड रुपैयाँको स्रोत खुलाउन नसकेको भन्दै अभियोग दाबी ठहरको फैसला भएको हो।

विशेष स्रोतका अनुसार उनलाई एक करोड ९० लाख १९ हजार रुपैयाँभन्दा बढी बिगोबमोजिम जरिवाना तोकिएको छ। पछिल्लो समय आचार्य सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा कार्यरत थिए।

आइतबार पनि विशेषले एकजना सरकारी कर्मचारीलाई गैरकानुनी सम्पत्ति मुद्दामा सजाय सुनाएको थियो। राजस्व अनुसन्धान विभागका अधिकृत रामजी रिजाललाई ६ महिना कैद तथा साढे ४६ लाख हाराहारी बिगोबमोजिम जरिवाना हुने फैसला भएको थियो।

प्रतिक्रिया दिनुहोस्