Logo
Logo

मालपोतका हाकिम युवतीसँग रंगेहात पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २३ असोज ।
कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोज बहादुर ऐडी एक महिलासँग रंगेहात पक्राउ परेका छन् । बेलौरी स्थित महिलाकै घरबाट कार्यालय प्रमुख ऐडीसहितलाई प्रहरीले पक्राउ गरेको हो ।


इलाका प्रहरी कार्यालय बेलौरीले गयराति दुवैजनालाई महिलाकै घरबाट शंकास्पद अवस्थामा पक्राउ गरेको जनाएको छ । ईप्रका बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक रण बहादुर चन्दले महिलाका घर परिवारले दिएको उजुरीका आधारमा कार्यालय प्रमुख ऐडी र महिलालाई आपत्तिजनक अवस्थामा पक्राउ गरिएको बताए । ‘हामीले उनीहरुलाई पक्राउ गरेका होईनौँ, ‘प्रहरी निरीक्षक चन्दले भने, ‘उजुरीका आधारमा घटना बारे सोधपुछ गर्नका लागि मात्रै ल्याएका हौँ ।’ उनीहरुलाई एक रात हिरासतमा राखेर दुवैका परिवारलाई प्रहरीले ईप्रका बेलौरीमा बोलाएको छ ।
कहिले बेलौरी नगरपालिका प्रमुख कहिले मालपोत कार्यालय बेलौरीका प्रमुखको जिम्मेबारी पाएर काम गर्दै आएका ऐडी दसैं विदामासमेत घर गएका थिएनन् । डडेल्धुरा घए भएका उनी दसैंमा घर जान छाडेर ती विवाहित महिलाको घरमा भेटिएपछि घर परिवारले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्