Logo
Logo

सीको भ्रमणलाई ऐतिहासिक बनाउने ओली सरकारको तयारी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २३ असोज ।

चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणलाई ऐतिहासिक बनाउने सरकारको तयारी छ । उनको भ्रमणबाट देशको विकासमा महत्वपूर्ण योगदान हुने सरकारी अधिकारीहरुको भनाई छ ।


सोहीअनुसार भ्रमणमा कुनै कमजोरी हुन नदिन सरकारले भव्यताका साथ तयारी गरेको छ । जसक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरुसँग् छलफल गरेका छन् । छलफलमा भ्रमणबाट नेपालले अधिकतम लाभ उठाउन सक्नुपर्ने भन्दै सोही रुपमा काम गर्न सरकारलाई सुझाव दिएका छन्।

सीको आशन्न भ्रमणबारेमा सुझाव माग्न र औपचारिक जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजना गरेको छलफलमा पूर्वप्रधानउनीहरुको साझा सुझाव नेपालको अनुकुल सम्वन्धलाई अगाडी बढाउने सुझाइएको पूर्वप्रधानमन्त्री झलनाथ खनालले जानकारी दिए।
छलफलमा चीनसँग भएको आर्थिक विकास र सीप, दक्षता र नेपालको विकासमा त्यहाँको पुँजीसम्म परिचाल गर्न सक्ने बारेमा स्पष्ट दृष्टि बनाएर वार्ता गर्न सुझाव दिएको खनालले बताए।

‘नेपाल चीनको असल छिमेकी देश भएको र उसबाट आर्थिक विकासका लागि फाइदा लिनु सक्नुपर्ने भएकाले सोही अनुरुपमा नीति र एजेण्ड सहित चीनका राष्ट्रपति समक्ष जानु पर्दछ भनेर सुझाव दिएका छौ,’ पूर्वप्रधानमन्त्री खनालले भने, ‘नेपाल र चीन पर्यटन,लगानी र अन्य क्षेत्रमा सहकार्य गर्ने योजनाहरु पनि ठोस रुपमा पेश गर्न सुझाव दिएका छौ।’

छलफलमा प्रधानमन्त्री ओलीले चीनीया राष्ट्रपति शीको भ्रमणका लागि भइरहेको तयारीको बारेमा जानकारी गराएका थिए।

छलफलमा पूर्वप्रधानमन्त्रीहरुसँगै परराष्ट्र मामलाका जानकारहरु समेत सहभागी थिए।

छलफलमा पूर्वप्रधानमन्त्रीहरु माधव नेपालले चीनको विकास र पुँजीसँग नेपाली बजार जोड्ने र सहकार्य गर्ने विषयमा सरकारले कार्यक्रम बनाउन सुझाव दिए। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको हितमा हुने गरि राष्ट्रिय योजनाको हस्ताक्षर गर्न आग्रह गरे। नेपाल समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले आर्थिक रुपमा चीनसँग फाइदा लिने योजनाहरुमा काम गर्न सुझाव दिए।

प्रतिक्रिया दिनुहोस्