Logo
Logo

सिन्धुपाल्चोकमा ब्रेक फेल भएर बस दुर्घटना, ८ को मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २४ असोज ।
दशैं मनाएर फर्कदै गरेका यात्रु बोकेको बस दुर्घटना हुँदा सिन्धुपाल्चोकमा ८ जनाको मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका वडा नं. ९ भोटसिपाको तीखु मोडबाट बस खस्दा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । ३० जना भन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।


हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको यात्रुबाहक बस सडकबाट करिव दुई सय मिटर तल खसेको छ । सुरुमा बसको टायर पंचर भएको थियो । टायरमा हावा गइरहेकै अवस्थामा चालकले बस अर्को मोडमा लैजाँदै गर्दा ब्रेक फेल भएर बस पल्टेको हो ।
गाडीमा सिटबाहेक उभिएर र झुण्डिएर यात्रु राजधानी आउँदै थिए । दुर्घटनामा इन्द्रावती ८ र ९ का स्थानीय हताहती भएका छन् । मृतकको सनाखत हुन सकेको छैन । घाइतेको उद्वारकार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्