Logo
Logo

राजश्व अनुसन्धान र यातायातका महानिर्देशक फेरिए, २६ सहसचिवको सरुवा


6.5k
Shares


काठमाडौं । सरकारले छोटो समयमै राजश्व अनुसन्धान विभाग तथा यातायात व्यवस्था विभागका महानिर्देशकको सरुवा गरेको छ । राजश्व अनुसन्धान विभागका महानिर्देशक मदन दाहाललाई चार महिनामै हटाइएको छ । त्यस्तै, यातायात व्यवस्था विभागका महानिर्देशक डा.टोकराज पाण्डे पनि हटाइएका छन् । पाण्डेलाई सत्य निरूपण तथा मेलमिलाप आयोग तथा दाहाललाई श्रम मन्त्रालयमा सरुवा गरिएको छ ।


सोमबारको मन्त्रिपरिषद बैठकको निर्णय २६ सहसचिवको सरुवा भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेललाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सरुवा गरिएको छ ।


अर्थ मन्त्रालयका सहसचिव भूपाल बराललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, केदारनाथ शर्मालाई गृह मन्त्रालय, रमेश कुमार के.सी.लाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र बाबुराम सुवेदीलाई राष्ट्रिय योजना आयोगको सचिवालयमा सरुवा गरिएको छ ।


सहसचिवहरुमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव श्रीकृष्ण नेपाल, राष्ट्रिय योजना आयोगका धनीराम शर्माको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश पोखराका राम प्रसाद आचार्य, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रमेश अर्याल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव झक्क प्रसाद आचार्यलाई पनि अर्थमा लगिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव बाबुराम भण्डारीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र तथा उर्जामा सामाजिक विकास मन्त्रालय धनगढीका प्रदेश सचिव दीपक लामिछानेको सरुवा भएको छ । वातावरण विभागका महानिर्देशक नमराज घिमिरेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, निर्वाचन आयोगका विश्व प्रसाद अर्याललाई बेपत्ता पारिएको छानबिन आयोग, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकी सहसचिव सुशीला अर्याललाई राष्ट्रिय कितावखाना, शहरी विकास मन्त्रालयका मोहनराज चापागाईँलाई सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय प्रदेश नं. १, र त्यहाँका अशोक कुमार साहलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।


आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशका प्रदेश सचिव दिनेश सागर भुसाल, महालेखा नियन्त्रकको कार्यालयका सहमहालेखा नियन्त्रक जितेन्द्र बस्नेतलाई, सहकारी विभागका रजिस्टार रुद्र प्रसाद पण्डितलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

सूचना प्रविधि मन्त्रालयका सहसचिव उत्तम कुमार खत्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका प्रदेश सचिव नेत्र प्रसाद सुवेदीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयका यज्ञ कोइराला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् । नयाँ सरकार बनेपछि पहिलोपटक यसरी ठूलो संख्यामा सहसचिवको सरुवा भएको हो । सरुवामा प्रधानमन्त्रीका निजी सचिव नवराज ढुंगानाले चलखेल गरेको चर्चा सिंहदरबारमा छ ।

प्रतिक्रिया दिनुहोस्