काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी उपरीक्षक(एसपी)हरुको सरुवा गर्दा विभिन्न जिल्लाका प्रहरी प्रमुखहरु फेरिएका छन् ।
महत्वपूर्ण मानिएको मोरङमा दीपक पोखरेल, चितवनमा रामेश्वर कार्की तथा रुपन्देहीमा भरत बहादुर बिकलाई पठाइएको छ । त्यस्तै, अनुपम श्रेष्ठ गोरखा, अवदेश बिष्ट तनहुँ, कमल थापा कञ्चनपुर, कृष्ण प्रसाद कोइराला धनकुटा, गौतम मिश्र धादिङ, टेकुनन्द लिम्बु सिराहा, नवीन किशोर प्रधान गुल्मी, नरेन्द्र कार्की सप्तरी, प्रकाश मल्ल महोत्तरी, विनोद सिलवाल पश्चिम नवलपरासीमा सरुवा भएको छ ।
त्यस्तै, भाग्येन्द्र पुरुष ढकाल काभ्रे, योगेन्द्र कुमार खड्का बाग्लुङ, संजय राउत स्याङजा, सुधिरराज शाही बर्दिया, र हेरम्ब शर्माको पाल्पामा सरुवा भएको छ ।