Logo
Logo

सशस्त्रमा पाँच एसएसपीको डिआइजीमा बढुवा हुँदै


4.5k
Shares


काठमाडौं । सशस्त्र प्रहरीमा लामो समयदेखि रिक्त रहेको डिआइजी पदमा बढुवा प्रक्रिया सुरु भएको छ । सशस्त्र प्रहरीको बढुवा समितिले बिहीबार मुल्याङकन फारम भर्नका लागि सूचना निकालेको छ ।


सशस्त्रको डिआइजीका पाँच पदमा ९ एसएसपीबीच प्रतिस्पर्धा छ । नेपाल प्रहरीबाट स्थानन्तरण भएका कृष्णराज पाठक सबैभन्दा सिनियर छन् । उनी प्रहरीको प्राविधिक सइबाट सशस्त्रमा स्थानन्तरण भएका हुन् ।


त्यस्तै, सशस्त्रको सिं सं १ को टोलीबीच मुख्य प्रतिस्पर्धा छ । सो टोलीका नौ जना एसएसपी छन् । जसमध्ये एसएसपी प्रकाश थापाले स्टाफ कलेज नगरेकाले उनी प्रतिस्र्धामा छैनन् । बाँकीमा दीपेन्द्र शाह, सुरेश कुमार श्रेष्ठ, पुरुषोत्तम थापा, अञ्जनी कुमार पोखरेल, दिपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा र बिनोदराज श्रेष्ठ छन् । यही ब्याचबाट सशस्त्रमा महानिरीक्षक समेत बन्ने भएकाले बढुवा निकै पेचिलो बनेको छ।


यसअघि सि.स २ का एसएसपी दीपेन्द्र कुँवरले समेत चलखेल गर्दा सशस्त्रका आइजिपी राजु अर्यालले बढुवा रोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्