काठमाडौं । टर्कीमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या चार हजार बढी पुगेको छ । मानिस सुतिरहेको समयमा टर्कीको गाजियन्टेपनजिकै केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
सो भूकम्पका टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या चार हजार ३०० भन्दा बढी पुगेको बीबीसीले जनाएको छ । १५ हजारभन्दा बढी मानिस घाइते भएका छन् भने हजारौँ भवनहरू भत्किएको छ ।
भूकम्पपछि प्रभावित क्षेत्रमा विशाल भवनहरू खण्डहरमा परिणत भएको देखिएको छ । भूकम्पपछि भग्नावशेषमा फसेकालाई उद्धार गर्न उद्धारकर्ता भारी वर्षा र हिउँसँग लडिरहेका छन् ।