काठमाडौं । नेपाल प्रहरीको सरुवामा नयाँ मापदण्ड लागू गरिएको छ । गत बुधबार गृह मन्त्रालयले स्वीकृत गरेको मापदण्डअनुसार एसपी, डिएसपी र इन्सपेक्टरको हकमा कम्तीमा दुई र बढीमा तीन इन्चार्ज दिइने उल्लेख छ ।
‘यो मापदण्डले सबैलाई न्याय गर्छ,’ एक प्रहरी अधिकारीले भने,‘सहायक दरबन्दीमा पनि उपत्यकामा लामो समय बसेकालाई बाहिर र बाहिर बसेकालाई उपत्यकामा राखिएको छ ।’
मापदण्डमा तराईको जिल्लाबाट तराईमै इन्चार्ज नदिइने उल्लेख छ । यो मापदण्डले अब इन्चार्जका लागि अनावश्यक चलखेल रोकिने प्रहरी विश्वास छ ।