काठमाडौं । गृह मन्त्रालयका प्रवक्ता फेरिएका छन् । सहसचिव जितेन्द्र बस्नेतलाई मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
बस्नेत यसअघि पनि गृहमा काम गरेका थिए । चितवनको सिडिओ हुँदा घुस लिएका कर्मचारीलाई जोगाएको भन्दै उनलाई विभागीय कारबाही गर्न अख्तियारले सिफारिस गरेको थियो ।
यसअघि गृहको प्रवक्तामा फणिन्द्रमणी पोखरेल थिए । त्यस्तै, गृह अन्र्तगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको महानिर्देशनमा रुद्र पण्डितलाई जिम्मेवारी दिइएको छ ।