महोत्तरी । महोत्तरीमा जग्गा विवादमा कुटपिट गरी एक वृद्धको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जलेश्वर नगरपालिका-५ पर्सापतैली बस्ने ७५ वर्षीय हरिदेव राउतको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६८ वर्षीय सुरेन्द्र राउतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जग्गाको बिषयमा विवाद भई सुरेन्द्रले कुटपिट गर्दा हरिदेव राउतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।