Logo
Logo

भ्रष्टाचार मुद्दामा पूर्वन्यायाधीश नै दोषी ठहर


3k
Shares


काठमाडौं । बर्खास्त भएका न्यायाधीश ओमकार उपाध्याय नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर भएका छन् । तनहुँ जिल्ला अदालतलमा पूर्व न्यायाधीश उपाध्यायलाई बिशेष अदालतले बिहीबार दोषी ठहर गरेको हो ।


तनहुँमा न्यायाधीश रहँदा उपाध्यायविरूद्ध न्याय परिषदमा शैक्षिक प्रमाणपत्रको विषयमा उजुरी परेको थियो। सोही आधारमा अनुसन्धान गरी परिषद्ले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनलाई दोषी करार गर्दै तीन हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए।


विशेष अदालतका सदस्यहरू यमुना भट्टराई, बलभद्र बाँस्तोला र डा. खुसीप्रसाद थारूको इजलासले आज उपाध्यायको नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा फैसला दिएको हो। सोही प्रकरणमा उनी बर्खास्त भएका थिए ।

नक्कली प्रमाणपत्रकै आधारमा उनी १९ वर्ष न्यायाधीश बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्