Logo
Logo

भ्रष्टाचार अभियोगमा बेल्जियमका संसद् सदस्य पक्राउ


189
Shares

काठमाडौं । भ्रष्टाचार अभियोगमा युरोपेली संसद्का एक जना सदस्य पक्राउ परेका छन् ।

भ्रष्टारको अभियोग लागेका बेल्जियमाका सांसदको ब्याङ्क सेफ खोजविन गरेपछि सोधपुछका लागि उनलाई पक्राउ गरिएको हो ।

बेल्जियमका सङ्घीय अभियोजनकहरूले आज लिज शहरमा सांसद मार्क ताराबेलामा छापा मारेको थियो । उनलाई सोधपुछका लागि हिरासतमा लिइएको छ ।

उनले आफू निर्दोष भएको दाबी गर्दै आएका छन् । उनले सफाइ दिने मौका पाउनुपर्नेमा जोड दिँदै आएका छन् ।

भ्रष्टाचारको आशङ्का बेज्यिमका अधिकारीहरूले तीन जनालाई हिरासतमा लिइसकेका छन् । सोह्र लाख अमेरिकी डलर नगद भ्रष्टाचार गरेको अभियोगमा उनीहरूसहित संसद्का सहयोगीलाई गत डिसेम्बरमा पक्राउ गरिएको थियो ।

हिरासतमा लिइएकामध्ये एक जना अभियुक्तका प्रेमी हुन् भने अर्का पूर्व सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्