Logo
Logo

टर्कीए भूकम्प : मृतकको संख्या ३६ हजार नाघ्यो


189
Shares

काठमाडौं । टर्की र सिरियामा सिमा क्षेत्रमा गत साता गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या ३६ हजार नाघेको छ ।

टर्कीको विपद् व्यवस्थापन आयोगका अधिकारीहरूका अनुसार त्यहाँ हालसम्म ३२,६४३ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार सिरियामा कम्तीमा ४,३०० जनाको मृत्यु भएको छ ।

राष्ट्रसङ्घले विपद्मा परेर मृत्यु हुनेको संख्या कम्तीमा दोबर हुनसक्ने चेतावनी दिएको छ । राष्ट्रसङ्घका अनुसार टर्की र सिरियामा उद्धार गर्ने चरण लगभग ‘‘सकिने क्रममा छ’’ र त्यहाँ अब उक्त विपद्मा बच्न सफलहरूलाई स्याहार सुसार गर्ने कुरामा ध्यान केन्द्रित गरिने छ ।

आइतवार भूकम्प गएको १३९ घण्टापछि हाटाई प्रान्तको एक भवनको भग्नावशेषबाट सात महिनाका बालकलाई जीवितै उद्धार गरिएको थियो । त्यस्तै १४७ घण्टा पछि हाटाई मै १२ वर्षकी बालिका र १५० घण्टापछि एक जना ६४ वर्षकी महिलाको सफल उद्धार गरिएको विवरण प्राप्त भएको छ ।

टर्की र सिरियामा यो साता तापमान कम हुने अनुमान गरिएको छ जसले उद्धार कार्यमा जुटेका अनि घरबारविहीन अवस्थामा पुगेका सर्वसाधारणहरूको कठिनाइ बढिरहेको जनाइएको छ ।

यसैबीच अमेरिकी सरकारले सिरियाका राष्ट्रपति बसर अल असदलाई विद्रोहीहरूको नियन्त्रणमा रहेको उत्तरी सिरियामा थप सहायता पु¥याउन दिन आग्रह गरेको छ ।

टर्कीका अधिकारीहरूका अनुसार सोमवार भत्किएका भवन निर्माणको सम्बन्धमा ११३ जनालाई पक्राउ पुर्जी जारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्