Logo
Logo

प्रहरीको तालिम केन्द्रभित्रै बलात्कार, सई पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

नेपालगञ्ज, ३० असोज ।
प्रहरी जवानको तालिम लिइरहेकी किशोरी सईबाटै बलात्कृत भएकी छिन् । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा प्रहरी जवानको तालिम लिइरहेकी महिला प्रशिक्षार्थी सोही तालिम केन्द्रमा कार्यरत प्रहरी नायब निरीक्षक बमबहादुर रानाबाट बलात्कृत भएकी छिन् ।

सई बमबहादुर रानाले तीन दिनअघि ब्यारेकभित्रै बलात्कार गरेको पीडितले बताएकी छिन् । सई रानालाई बाँके प्रहरीले हिरासतमा लिएर अनुसन्धान अघि बढाएको छ।
प्रहरी स्रोतका अनुसार विगत ३ महिनादेखि ती पीडित महिलाले जवान पदको तालिम लिँदै आएकी थिइन् । सई रानाले आफूलाई विभिन्न दबाब दिएर जबरजस्ती बलात्कार गरेको पीडित महिलाको भनाई छ । पीडित किशोरीको उजुरीका आधारमा सईलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको बाँके प्रहरीका प्रवक्ता शिव सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्