Logo
Logo

एआईजीको लाइनमा रहेका डीआईजी सिंहविरुद्ध अख्तियारमा उजुरी


18.5k
Shares

काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) अशोक सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको दाबीसहित काठमाडौंको बागबजार निवासी विश्वप्रकाश भेटवालले डीआइजी सिहंविरुद्ध बुधबार अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका सिंहले प्रहरी निरीक्षकमा नियुक्ति लिँदा भारतीय कलेजमा पढेको भनिएपनि त्यहाँ पढ्दै नपढी आइएको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको दाबी गरिएकाे छ ।

‘हुँदै नभएको योग्यता देखाई, नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा २८ वर्षसम्म जागिर खाएको, नागरिकतामा उमेर समेत सच्याएको’, उजुरीमा उल्लेख गरिएको छ । भारतको लखनउस्थित कलेजमा पढेको भनिएको शैक्षिक प्रमाण पत्र नेपालमा पुनर्जाच पनि नगरिएको भेटवालकाे तर्क छ ।

डीआईजी सिंह एआईजी हुँदै आईजीपीको दौडमा छन् । यही चैतमा उनकै ब्याचबाट एकजना आईजीपी हुने निश्चित छ । सोही बेला सिंहको शैक्षिक प्रमाणपत्रलाई लिएर अख्तियारमा उजुरी परेको हो ।

प्रतिक्रिया दिनुहोस्