Logo
Logo

बसपार्क घटनाः डिआइजीको नेतृत्वमा छानबिन समिति गठन


1.6k
Shares


काठमाडौं । सोमबार बसपार्क क्षेत्रमा भएको लुटपाट, आगजनी र झडप घटनाको विषयमा काठमाडौं उपत्यका प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ । कार्यालयका नायब महानिरीक्षक(डिआइजी) मसाउद आलम खाँको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन भएको हो ।


घटनाको कारण र त्यसमा प्रहरीबाट भएको सम्भावित कमजोरी पत्ता लगाउन समिति गठन गरिएको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनीले बताए ।


प्रारम्भिक रुपमा बालाजु वृत्तका डिएसपी रविन बिष्टको कमजोरी देखिएपछि उनलाई जिम्मेवारीबाट हटाइएको छ । उनी चढेको गाडी नै आन्दोलनकारीले जलाइदिएका थिए । सामान्यतया प्रहरी इन्चार्जले यसरी आफ्नो सवारी छाडेर हिड्न नमिल्नेमा डिएसपी बिष्टले परिस्थितीको सामान्य आँकलन समेत गरेका थिएनन् भने समयमा माथिल्लो निकायलाई त्यसबारे जानकारी गराएका थिएनन् । बालाजु वृत्तमा डिएसपी मनोजित कुँवरलाई खटाइएको छ । छानबिन समितिका प्रतिवेदनका आधारमा दोषी देखिएका प्रहरीमाथि कारबाही हुने एआइजी लोहनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्