एजेन्सी । टर्कीएमा भूकम्पमा परेका एक महिलाको २२२ घण्टापछि जिवितै उद्धार गरिएको छ । बुधबार टर्कीको काहरामानमारास सहरको भग्नावशेषबाट ४७ वर्षीया मेलिके इमामोउलुलाई जिवितै उद्धार गरिएको हो ।
त्यस्तै टर्कीएकै अदियामान सहरमा भूकम्प गएको करिब २१२ घण्टापछि उद्धारकर्ताले ७७ वर्षीया महिलालाई पनि भग्नावशेषबाट जिबितै उद्धार गरिएको छ ।
२१२ घन्टा पछि उद्धारकर्ता भग्नावशेषवाट फतमा गुन्गोरर लाई जिवितै निकालेका हुन् । जिवितै फेला परेपछि उनको परिवारले अँगालो हालेको भिडिओ सार्वजनिक भएको छ ।