Logo
Logo

दुई करोड १० लाख अकुत सम्पत्ति भएका भन्सार अधिकृतविरुद्ध मुद्दा दायर


2k
Shares


काठमाडौं । २ करोड १० लाख रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सारका तत्कालिन अधिृकत दानबहादुर केसीविरुद्ध मुद्दा दायर गरेको छ ।


उनले श्रीमती सुशीला पन्डितको नाममा समेत घर–जग्गा जोडेको आयोगले जनाएको छ । उनको अकुत सम्पत्ति जफतको माग गरी मुद्दा दायर भएको छ ।


यस्तो छ अख्तियारको प्रेस बिज्ञप्तीः

रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दान बहादुर के.सी.ले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज दान बहादुर के.सी.ले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०४3।04।01 देखि मिति 2078/03/30 सम्मको अवधिको निजको सम्पूर्ण वैधानिक आयहरूमा पारिश्रमिक बचत, विभिन्न प्रोत्साहन भत्ता पुरस्कार रकम, जग्गा बिक्री, कर्मचारी संचयकोषबाट लिएको कर्जा आय, स्वआर्जित घर बहाल आय, पैत्रिक घर बहाल आय, कृषि आय, अंशबण्डाबाट प्राप्त नगद, बीमा परिपक्व भै प्राप्त गरेको रकम र बैंक ब्याजबाट प्राप्त रकम समेत गरी जम्मा रु.3,51,16,020।22 (तीन करोड एकाउन्न लाख सोह्र हजार बीस रूपैंया बाइस पैसा) एवं सोही जाँच अवधिमा निजको सम्पूर्ण व्यय (खर्च तथा लगानी) हरुमा घर निर्माण, जग्गा खरिद र रजिष्ट्रेशन दस्तुर, संगोलमा रहँदा नै जग्गा खरिद गर्दा भएको निजको भागमा पर्न आउने खर्च, छोराछोरीहरुको अध्ययन खर्च, संचय कोषको कर्जा भुक्तानी, स्वआर्जित घर बहाल कर, पैत्रिक घर बहाल कर, बीमाको प्रिमियम भुक्तानीमा भएको खर्च, छोरीहरूलाई दिएको रकम, शेयर खरिदमा भएको खर्च, सवारी साधन खरिदमा भएको खर्च, निजी भ्रमणमा भएको खर्च, औषधी उपचार खर्च, सुन खरिदसमेत गर्दा भएको खर्च र बैंक मौज्दातसमेत गरी जम्मा रु.5,61,26,502।73 (पाँच करोड एकसठ्ठी लाख छब्बीस हजार पाँच सय दुई रूपैंया त्रिहत्तर पैसा) खर्च तथा लगानी गरेको देखिंदा निजको कुल वैधानिक आयलाई निजले गरेको कुल व्ययसँग तुलना गर्दा आयभन्दा रु.2,10,10,482।51 (दुई करोड दश लाख दश हजार चार सय बयासी रूपैंया एकाउन्न पैसा) को वैधानिक स्रोत पुष्टि हुन नसकेकोले प्रचलित कानूनबमोजिम सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक कर्मचारीले पदमा बहाल रहँदाका बखत अमिल्दो तथा अस्वभाविक सम्पत्ति आर्जन गर्नुका साथै मनासिब कारणबिना अमिल्दो र अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको हुँदा निज दान बहादुर के.सी.ले सार्वजनिक पदको दुरुपयोग गरी रु.2,10,10,482।51 बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेकोले साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूरमा रु.2,10,10,482।51 (दुई करोड दश लाख दश हजार चार सय बयासी रूपैंया एकाउन्न पैसा) विगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएवमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको सजाय हुन तथा निज दान बहादुर के.सी.ले जाँच अवधिमा गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति निजको नाममा रहेको बैङ्कमा मौज्दात रकम र श्रीमती सुसिला पण्डितको नाममा हाल कायम रहेको आंशिक श्रोत नपुगेको हिस्साको र जाँच अवधि पछि खरिद गरेका सम्पत्तिबाट समेत साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा ३, १६ ग, दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत/असुल उपर गरी पाउन मागदावी लिइएको छ।

यसैगरी निज दान बहादुर के.सी.ले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति निजले श्रीमती सुसिला पण्डितको नाममा जग्गाहरु खरिद, घर निर्माण तथा बैंक खाताहरुमा रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य बराबरको भागको स्रोत नखुलेको सम्पत्ति बिगो र त्यसबाट बढेबढाएको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मात्र साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १६ ग¸ दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ (ख) बमोजिम सुसिला पण्डितलाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई निजको नाममा हाल कायम सम्पत्तिमध्येबाट बिगो जफत गरी पाउन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रतिक्रिया दिनुहोस्