काठमाडौं, २ कातिक । चिनियाँ अभिनेत्री सी छिङ ‘नेपाल भ्रमण वर्ष–२०२०’को सद्भावना दूत नियुक्त भएकी छन् । अभिनेत्री सीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सद्भावना दूत नियूक्त गरेका हुन् ।
नेपाल भ्रमण वर्ष–२०२० सचिवालयले शनिबार औपचारिक कार्यक्रम गर्दै सद्भावना दूतको रुपमा उनलाई प्रमाणपत्र हस्तान्तरण गरेको छ । ‘नेपाल–चीनबीच सुमधुर सम्बन्ध छ, बुद्ध जन्मेको देशले मनाउन लागेको नेपाल भ्रमण वर्षमा सद्भावना दूत हुन पाउँदा खुसी छु’ प्रमाणपत्र ग्रहणपछि अभिनेत्री सीले भनिन् । कार्यक्रममा नेपाली चेली भृकुटीले चिनियाँ नागरिक सम्राट स्रङचङसँग विवाह गरेको प्रसंग निकाल्दै मन्त्री भट्टराईले अभिनेत्री सीलाई नेपालको भान्जीको संज्ञा दिएका छन् ।
‘नेपाल भ्रमण वर्षले शनिबारदेखि नयाँ फड्को लिने अपेक्षा गरेको छु, अब गुणात्मक फड्को मार्छ भन्ने अपेक्षा गरेको छु’, मन्त्री भट्टराईले भने’ चीनमा मात्रै होइन विश्वमै ख्याती कमाइसक्नु भएकी छिङले नेपाल’दयगत पक्कै पनि दुई शब्द बोल्नु हुनेछ ।’