Logo
Logo

शिर्ष स्थानमा रहेको बार्यन म्युनिख ३-२ ले पराजित


819
Shares

काठमाडौं । शीर्ष स्थानमा रहेको को बायर्न म्युनिख ३-२ गोलले पराजित भएको छ ।

शनिबार राति भएको खेलमा जर्मन बुन्डेसलिगा फुटबलमा बायर्नलाई बोरुसिया मन्छेनग्लाडबाखले ३-२ गोल अन्तरले हराएको हो ।

खेलको आठौं मिनेटमा डायोट उपामेकानोले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिनु परेको बार्यनमाथी खेलको १३ औं मिनेटमा लार्स स्टिनडलले गोल गर्दै मन्छेनग्लाडबाखलाई सुरुआती अग्रता दिलाए । तर, ३५ औं मिनेटमा एरिक म्याक्सिम मोटिङले गोल गर्दै बायर्नलाई १–१ गोलको बराबरीमा ल्याउन सफल भए ।

उता, खेलको ५५ औं मिनेटमा जोनास होफ्म्यानले गोल गर्दै मन्छेनग्लाडबाखलाई २-१ को अग्रता दिलाए। ८४ औं मिनेटमा पुग्दा मार्कुस थुरामले गोल गर्दै मन्छेनग्लाडबाखलाई ३-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा बायर्नका म्याथस टेलले थप एक गोल गरे पछि मन्छेनग्लाडबाख ३-२ ले विजयी भयो ।

बायर्न २१ खेलमा ४३ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ । जितसँगै मन्छेनग्लाडबाखले २१ खेलमा २९ अंक जोडेर आठौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्