Logo
Logo

गोविन्द गुरुङ कृषि विकास बैंकको सीइओ नियुक्त


630
Shares

काठमाडौं । स्वदेशी तथा विदेशी बैंकहरूको नेतृत्व गरिसकेका गोविन्द गुरुङ कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त भएका छन् ।

यसअघि नेपालमा सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निर्वाह गरिसकेका गुरुङ पछिल्लो समय म्यानमारस्थित म्यानमार सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । म्यानमारबाट नेपाल फर्के लगतै गुरुङ कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।

पत्रकारिता पेशा हुँदै बैंकिङ क्षेत्रमा प्रवेश गरेका गुरुङ गीतकार समेत हुन् । राम्रो बैंकरको छवि बनाएका गुरुङले दर्जनौँ गीतसमेत लेखेका छन् ।

गुरुङले कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा सोमबार पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्