Logo
Logo

राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्न नेपाललाई एसडी मुनीको सुझाव


1k
Shares

काठमाडौं । नेपालबारे टिप्पणी गरिराख्ने भारतीय चिन्तक एसडी मुनीले आगामी राष्ट्रपति चयनका विषयमा आफ्नो राय प्रस्तुत गरेका छन् ।

नेपालमा आगामी राष्ट्रपति चयनबारे राजनीतिक दलहरुबीच विभिन्न खाले छलफल र बहस भइरहेका बेला उनले आफ्नो राय तथा सुझाव दिएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने अडानमा एसडी मुनीले समर्थन जनाएका छन् । उनले सोमबार बिहान ट्वीट गर्दै ‘नेपालमा राष्ट्रिय सहमतिमा हुने राष्ट्रपतिको ‘माग’ जायज भएको बताएका छन् ।
उनले उच्च प्रतिष्ठा र राजनीतिक सुझबुझ भएका तर कुनै पनि राजनीतिक दलमा आवद्ध नरहेका व्यक्तिलाई राष्ट्रपति बनाउन सुझावसमेत दिएका छन् ।

एसडी मुनीले नेपालको आगामी राष्ट्रपतिका लागि चार जनाको नाम समेत प्रस्तावित गरेका छन् । उनले डा. देवेन्द्रराज पाण्डे, प्राध्यापक लोकराज बराल, भुतपूर्व सभामुख दमननाथ ढुंगाना र पूर्वप्रदेश प्रमुख अनुराधा कोइरालामध्ये एक जनालाई राष्ट्रपति बनाउन सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्