Logo
Logo

ह्वील चियर हस्तान्तरण


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ४ कातिक । रोटरी क्लव अफ ताईपेई ३५२३ ताईवानले अशक्त र अपांगहरुका लागि दुई सय वटा ह्वील चियर सहयोग गरेको छ ।
उक्त ह्वील चियर काठमाडौंमा एक समारोहबीच ताईपेई रोटरी क्लवका अध्यक्ष जोयले रोटरी क्लव अफ डिष्टिक ३२९२ का गर्भनर किरणलाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । उक्त ह्वील चियर ताईवानको झाओ जिङ फाउण्डेशनले उपलब्ध गराएको हो ।
ताईवानबाट आएको रोटरी क्लवका उक्त प्रतिनिधि मण्डलले बाग्लुङमा दुई दिने स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ भने पोखरा क्षेत्रिय अस्पतालमा हृदय रोगसम्बन्धी उपकरण हस्तान्तरण गर्ने कार्यक्रम रहेको डिष्टिक गर्भनर श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्