Logo
Logo

बौद्धमा यसरी चोरी भयो ७६ लाख


882
Shares


काठमाडौं । बौद्ध क्षेत्रमा ठूलो चोरी गर्ने समूह पक्राउ परेको छ । पक्राउ पर्नेहरुमा असल चालचलन भएको भन्दै सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद माफी पाएर छुटेका व्यक्ति समेत छन् ।

चोरी गरी सामान बोकेर भाग्नै अभियुक्तहरु


मकवानपुरका रेशम रुम्बा र सागर तामाङलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो । उनीहरु कर्तव्य ज्यान मुद्दामा सात वर्ष जेल बसी २०७७ सालको प्रजातन्त्र दिवसमा बाँकी कैद राष्ट्रपतिबाट माफी पाई छुटेका थिए ।


उनीहरुसहितका ६ व्यक्तिले बौद्ध फुलबारी बस्ने साङगे लामाको घरबाट गत ७ माघमा ४२ लाख रुपैयाँ बराबरको गहनासहित अन्य सामानहरू र १ फागुनमा बौद्ध स्तुपास्थित ३५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए ।

पक्राउ परेका अभियुक्तहरु


उनीहरुसहित योङगा लिम्बु, जीवन मगर, पेम्बा लामा र डिमा वाङदी गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट चोरीका सामान समेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले बताए ।
सिसिटिभीमा समेत उनीहरुले चोरी गरेर भागेको दृश्य कैद थियो ।

प्रतिक्रिया दिनुहोस्