Logo
Logo

माओवादी केन्द्र गोरखा इञ्चार्जको जिम्मेवारी तमुलाई


630
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र गोरखा जिल्ला इञ्चार्जको जिम्मेवारी अमर तमुलाई दिइएको छ । तमुलाई पार्टी केन्द्रले जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको पार्टी जिल्ला संयोजक विष्णुप्रसाद भट्टले जानकारी दिए ।

यसअघि जिल्ला इञ्चार्ज रहेका नेता कृष्ण धिताल गण्डकी प्रदेशसभाको सभामुखमा निर्वाचित भएपछि गोरखा जिल्लामा इञ्चार्ज खाली भएको थियो । सभामुख धितालले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिनुभएपछि केन्द्रीय सदस्यसमेत रहेका सहइञ्चार्ज तमुलाई पार्टीले जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको उनले बताए ।

विसं २०५३ मा पार्टीको पूर्णकालीन सदस्य भएर जनयुद्धमा होमिनुभएका नेता तमु विसं २०५५ मा पार्टीको जिल्ला कमिटी सदस्य, २०५८ सालमा उपब्युरो सदस्य तथा पार्टीको गोरखा जिल्लाको जनसरकार प्रमुख बनेका थिए । विसं २०५९ मा तत्कालीन नेकपा (माओवादी) को तत्कालीन क्षेत्रीय ब्युरो सदस्य बनेका उनले विसं २०६० देखि एक वर्ष कास्की जिल्लाको इञ्चार्जको जिम्मेवारी सम्हालेका थिए ।

त्यस्तै विसं २०६९ मा पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी पाएका नेता तमु अहिलेसम्म पनि लगातार पार्टीको केन्द्रीय समितिमा रहेर जिम्मेवारी सम्हाल्दै आएका छन् । यसअघि पनि नेता तमुले २०७० सालदेखि ७२ सम्म गोरखा जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हाली सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्