Logo
Logo

पोकली झरना महोत्सव हुने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ५ कात्तिक । सरकारले नेपाल भ्रमण बर्ष २०२० का १ सय गन्तब्य सूचीमा समावेश गरेको पोकली झरना महोत्सव यही कात्तिक १६ र १७ गते हुने भएको छ । पोकली झरना सेवा समाजले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लगेर यसअघि राष्ट्रियस्तरको पोकली झरना महोत्सव गरिसकेको छ ।

नेपाल भ्रमण बर्षको अवसर पारी इन्द्रेणी सहितको बृहत् सांस्कृतिक पोकली झरना ओखलढुंगा महोत्सव आयोजना गर्न लागेको समाजका महासचिव शम्भु बरालले जानकारी दिएका छन् । पोकली झरनाको महत्वलाई विश्वस्तरमा चिनाउन तथा पर्यटन बर्षलाई केन्द्रित गरी यसको अधिकतम प्रचारप्रसार गर्ने उद्देश्यका साथ समाजले झरना र आसपास क्षेत्रमा रहेका ओखलढुंगाका संभावित पर्यटीकय स्थलसमेतको बृत्तचित्र(डकुमेन्ट्री) निर्माण गरिरहेको महासचिव बरालले बताएका छन् । महोत्सव सम्पन्न भएपछि इन्द्रेणी टीम चर्चित सर्जक बरिष्ठ लोकगायक पाण्डव सुनुवारको जीवनी बुझ्न उनको जन्मघर रगनीसम्म जाने भएको छ ।
पोकली झरना महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई नै लाने प्रयासमा समाज लागेको महासचिव बरालले बताए । ओखलढुंगाका संघीय सांसद यज्ञराज सुनुवार, १ नम्बर प्रदेशका पर्यटन मन्त्री जगदिश कुृसियत, ३ नम्बर प्रदेशका अर्थमन्त्री कैलाश ढुंगेल लगायतका विशिष्ट ब्यक्तिहरु अतिथि हुने बरालले जानकारी दिए । पोकली नेपालकै दोस्रो उचाईमा रहेको झरना हो ।

प्रतिक्रिया दिनुहोस्