काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल दक्षिण सुडान भ्रमणमा जाने भएका छन् । मेडल परेड कार्यक्रममा सहभागी हुन उनी त्यहाँ जान लागेका हुन् ।
उनको भ्रमण मन्त्रिपरिषद्को बिहिबारको बैठकले स्वीकृत गरेको छ । १७ फागुनमा दक्षिण सुडानमा मेडल परेड हुन लागेको हो । जहाँ एक सय ८० जना सशस्त्र प्रहरी शान्ति स्थापनार्थ खटिएका छन् ।