Logo
Logo

अध्यागमनमा १० करोडको खेल


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ५ कात्तिक । चलखेलका कारण अध्यागमन विभागमा करोडौंको प्रोजेक्ट अलपत्र परेको छ । अध्यागमनमा आधुनिकिकरण गर्ने भनेर गत वर्ष १० करोड भन्दा धेरै बजेटको टेण्डर गरिएको थियो । साउनभित्रै काम सक्नुपर्ने गरी टेण्डर भएपछि कात्तिक सुरु हुँदा समेत काम सुरु हुनसकेको छैन ।

अध्यागमन नेपाल पोर्ट नामक नयाँ सफ्टवेयर बनाउने तथा अध्यागमनलाई अत्याधुनिक र चिटिक्क बनाउन भनेर सरकारले ठूलो रकम दिएको थियो । भ्रमण वर्षलाई लक्षित गरी अध्यागमनमा सुधार गर्न बजेट दिइएको हो । कर्मचारीको कमिसन मोहका आधार भिजिट इयर सुरु हुँदा समेत काम नहुने देखिएको छ ।

टेण्डरका क्रममा चलखेल भएपछि सुरुमै अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल विवादमा तानिएका थिए । अख्तियारले समेत अनुसन्धान थालेको थियो । पछि उनले टेण्डर रद्द गरेका थिए । एउटै कम्पनीलाई मात्र मिल्ने गरी स्पेशिफिकेसन बनाएर चलखेल भएको थियो ।

सेटिङमै टेन्डर परेकाले काम चार महिना ढिलो हुँदा पनि विभागले कारबाही गर्न सकेको छैन । स्रोतका अनुसार नयाँ सफ्टवेयर सुरु हुन अझै दुई महिना लाग्ने अवस्था छ । नयाँ डेस्कहरु बनाउने काम समेत सुरु हुन सकेको छैन ।

१० करोडको बजेटमा करिब १० प्रतिशत कमिसनका कारण काम समयमा सुरु हुन नसकेको स्रोत बताउँछ । विभागका एक कर्मचारीका अनुसार महानिर्देशक पौडेल र निर्देशन रामचन्द्र तिवारीले टेण्डरमा कमिसनको डिल मिलाएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्