काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । यसअघि निर्वाचन आयोगले चौधरीको मतदाता नामावलीमा नाम समावेश गरेको थिएन ।
ट्रकमाथि आगजनी गरेको आरोपमा दोषी ठहर भएपछि जेल चलान भएका सांसद चौधरी प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद माफी दिएपछि रिहा भइसकेका छन् ।
चौधरी रिहा भएसँगै नागरिक उन्मुक्ति पार्टीले आयोगको नामावलीमा नाम समावेश गर्न माग गर्दै निवेदन दिएपछि चौधरीको नाम समावेश गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गतेका लागि तय भएको छ ।