काठमाडौं । सशस्त्र प्रहरी बलका आठै बाहिनीका डिआइजी फेरिएका छन् । गृह मन्त्रालयले ११ डिआइजीको सरुवा गरी हालै बढुवा भएका चार जनाको पदस्थापन गरेको हो ।
सरुवा अनुसार बराह बाहिनी सुनसरीमा अञ्जनी कुमार पोखरेल, छिन्नमस्ता बाहिनी महोत्तरीमा दीपेन्द्र शाह, पशुपतिनाथ बाहिनी, काठमाडौंमा पुरुषोत्तम थापाको सरुवा भएको छ । गढीमाई बाहिनी मकवानपुरमा लक्ष्मण बहादुर सिंह, मुक्तिनाथ बाहिनी कास्कीमा कालीदास धौवजी, विन्ध्वावासिनी बाहिनी लुम्बिनीमा विदुर खड्का, महेश्वरी बाहिनी सुर्खेतमा प्रदीप कुमार पाल र बैद्यनाथ बाहिनी कैलालीमा कुमार न्यौपानको सरुवा भएको छ । बाहिनीहरुमा नियमित हेरफेर गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।