Logo
Logo

गोली हानेर ठेकदारको हत्या, ठेकदार नै पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

जनकपुर, ६ कात्तिक ।
जनकपुरमा गोली हानी ठेकदारको हत्या गरिएको छ । बुधबार बिहान सवा ९ बजे जनकपुर १४ मुजेलियामा स्थानीय ४० वर्षीय मनोज साहको गोली हानी हत्या भएको हो ।

स्थानीय पंकज चौधरीले साहमाथि गोली प्रहार गरेका हुन् । चौधरी गोली हानी फरार रहेका छन् । साह र चौधरी दुवै ठेकेदार हुन । चौधरी बिहानै साहको घरमा पैसा माग्न गएका थिए । त्यहाँ विवाद हुँदा चौधरीले साहमाथि गोली प्रहार गरेका थिए ।

घाइते साहलाई जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको छ । मृतक साहको शव परिक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
प्रहरीले चौधरीलाई जनकपुर १५ कुवारामपुरस्थित उनकै घरबाट पक्राउ गरेको छ । पक्राउ परेका पंकजको साथबाट प्रहरीले कटुवा पेस्तोल १ थान, त्यसमा प्रयोग हुने गोली ३ राउन्ड, एटोमेटिक पेस्तोल १ थान र त्यसमा प्रयोग हुने गोली १९ थान बरामद गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्