काठमाडौं । आकर्षक बोनसदरसहित विगत ३६ वर्षदेखि जीवन बीमा व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निजी क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहक वर्गहरुलाई उच्चतम प्रविधिमा आधारित सर्वसुलभ सेवा प्रदान गर्ने उदेश्यले कम्पनीको सबै शाखामार्फत फोन पे नेटवर्कमा आवद्ध वित्तीय संस्था इ–आस्वाको माध्यामबाट डाइनामिक क्यूआर स्क्यान गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको छ ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र इ–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काको उपस्थितिमा नेशनल लाइफ इन्स्योरेन्सको लाजिम्पाटस्थित कार्यालयमा एक समारोहबीच सो सेवाको औपचारिक शुरुवात गरिएको छ । उच्चतम प्रविधिमा आधारित यस प्रकारको सेवाबाट कम्पनीका ग्राहक वर्गहरुले नगदरहित भुक्तानी गरी लाभ उठाउन सक्ने आपेक्षा गरिएको कम्पनीले जनाएको छ ।