झापा, ६ कातिक । नेपाली फिल्म ‘घरजम’ यतिखेर पुर्वको विभिन्न स्थान विशेष शो गरिँदै आएको छ । यसैक्रममा सोमबार र मंगलबार झापाको दमक र विर्तामोडामा ‘घरजम’ विशेष प्रर्दशनी तथा समिक्षात्मक कार्यक्रम गरिएको छ ।
रोमियो फिल्म प्रा.लि.को व्यानरमा बनेको ‘घरजम’ दमकको पाथिभर चलचित्र मन्दिरमा करिब ८ सय भन्दाबढी दर्शकले हेरेका छन् । त्यस्तै, विर्तामोडमा सम्पन्न विशेष प्रर्दशनमा ५ सयको संख्यामा दर्शक सहभागी थिए । चलचित्र हेरेका अधिकांशले रुचाए पनि ।
चलचित्रबारे विभिन्न पक्षको धारणा लिनका लागि आयोजना गरिएको विशेष प्रर्दशनीमा स्थानीय स्तारका राजनीतिकर्मी, कलाकार, पत्रकार, सहित्यकार तथा वौद्धिक व्यक्ति दर्शकको रुपमा सहभागी थिए । उनीहरुले चलचित्रले मौलिक विषयवस्तु उठाएको भन्दै प्रशंसा गरेका थिए ।
झापाको दमक र विर्तामोड प्रर्दशनीमा दर्शकको उत्साहवद्र्धक उपस्थिति रहेको चलचित्रका निर्देशक मौसम ईम्बुङले जानकारी दिए । चलचित्र प्रर्दशनपछि आएका प्रतिक्रियाले नेपाली दर्शकले क्रिटिकल रुपमा नेपाली चलचित्र हेर्न थालेको अनुभूत भएको निर्देशक इम्बुङको बुझाइ रहेको छ । उनले भने, ‘चलचित्रबारे नेपाली दर्शकमा राम्रो चेतना विकास भएको पाइएको छ । नेपाली दर्शकलाई केहि जान्दैनन् भन्ने मनोभावले चलचित्र निर्माण गर्न नहुने अनुभव भएको छ ।’
चलचित्र हलमा लाग्नुभन्दा अगाडि गरिएको विशेष प्रर्दशीको क्रममा ‘घरजम’ युनिटले प्रर्दशनपछि स्थानीय स्तरमा चलचित्रबारे समिक्षात्मक कार्यक्रम समेत गर्दै आएको छ । ‘घरजम’का मिडिया एडभाइजर मिलन लिम्बूका अनुसार झापाको दमक र विर्तामोडमा चचलचित्र प्रर्दशनपछि चलचित्रबारे समिक्षात्मक कार्यक्रम सम्पन्न भएको छ ।
पूर्वका विभिन्न क्षेत्रमा विशेष प्रर्दशनको क्रममा रहेको ‘घरजम’ युनिटले झापाकै धुलाबारी, भद्रपुर र सुनसरीको धरानमा प्रर्दशन तालिका रहेको जानकारी दिएको छ ।
‘घरजम’मा बुद्धि तामाङ (हैट), मिस हङकङ नेपाल–२०१८ सुस्मा लिम्बु, सिर्जना सुब्बा, यासिली योङहाङ, रवि शेर्मा, जीवन भट्टराई, किशोरकुमार लिम्बु, हेमराज आङछोम्बो, कुशल थलङलगायतका कलाकारको अभिनय छ ।