Logo
Logo

कुमारी बैंकले विद्युतीय सवारी साधन कर्जा दिँदै


945
Shares

काठमाडौं । कुमारी बैंक र सिप्रदी ट्रेडिङ प्रालि बीच ग्राहकलाई टाटा मोटर्सको विद्युतीय सवारी साधन खरिद गर्नका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।

पछिल्लो समय विद्युतीय सवारीसाधनको लोकप्रियता बढ्दै गएको र सोहीअनुरूप आफ्ना ग्राहकको माग पूरा गर्न कुमारी बैंकले आफ्ना देशव्यापी शाखाबाट सहजरुपमा विद्युतीय सवारीसाधन कर्जा उपलब्ध गराउने छ ।

यस सहकार्यपश्चात् कुमारी बैंकका ग्राहकले टाटा मोटर्सको विद्युतीय सवारीसाधन खरिद गर्दा बैंकबाट सजिलै बिजक मूल्यको ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने छन्, साथै कर्जाको अवधि ८ वर्षसम्म रहने प्रावधान गरिएको छ ।

आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ इकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा दिँदै आएकोे कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्