Logo
Logo

गीतमार्फत प्रहरीको बदनाम गरेको आरोपमा गायक घिसिङ पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ७ कात्तिक ।

प्रहरीको बदनाम हुने गीत गाएको आरोपमा ‘हामी यस्तै त हो नि ब्रो’ नामक गीतका गायक पक्राउ परेका छन् । असइको बर्दी लगाएर गाँजा सेवन गर्दै गरेको अवस्थामा भिटेन भनिने समिर घिसिङ जाउलाखेलबाट पक्राउ परेका हुन् ।


नेपाल प्रहरी अपराध महाशाखाको टोलीले घिसिङलाई पक्राउ गरेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।
घिसिङविरूद्ध सार्वजनिक अपराधको मुद्दा चलाउने तयारी प्रहरीको छ । यसअघि प्रहरीले गायक दुर्गेश थापालाई पक्राउ गरी सचेत गराएर छाडेको थियो ।

प्रतिक्रिया दिनुहोस्