काठमाडौं । गत ४ फागुनमा गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका चार एसएसपीलाई डिआइजीमा बढुवा गर्याे । इन्सपेक्टरको पहिलो ब्याचका नौमध्येबाट सुरेश कुमार श्रेष्ठ, अञ्जनी पोखरेल, दीेपेन्द्र शाह र पुरुषोत्तम थापाको डिआइजीमा बढुवा भएको थियो ।
बढुवा भएका तीन जनालाई केही दिनपछि दर्ज्यानी चिन्ह लगाइयो । तर, पहिलो नम्बरमा बढुवा भएका श्रेष्ठ भने एक साताअघि विदेश उडे । राष्ट्रसंघीय शान्ति मिसनमा दक्षिण सुडान जानु परेकाले उनले दर्ज्यानी चिन्ह लगाउन पाएका थिएनन् । तर, संयोग विदेशान उनले सशस्त्र प्रहरी महानिरीक्षकबाटै दर्ज्यानी चिन्ह लगाउने अवसर पाएका छन् । बिहीबार महानिरीक्षक राजु अर्यालले श्रेष्ठलाई दक्षिण सुडानमो जुवास्थित यूएन हाउसमा दर्ज्यानी चिन्ह लगाएका हुन् ।
अर्याँल मेडल परेडमा भाग लिन दक्षिण सुडान गएका हुन् । सोही अवसरमा श्रेष्ठले पनि फुली लगाउने अवसर पाएका हुन् ।