Logo
Logo

गृह मन्त्रालयका चालकलाई ट्राफिकको प्रशिक्षण


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ८ कात्तिक ।
ट्राफिक प्रहरीले सरकारी चालकहरुलाई पनि ट्राफिक शिक्षा दिन थालेको छ । ट्राफिक अधिकारीहरुले शुक्रबार गृह मन्त्रालयमा गएर चालकहरुलाई प्रशिक्षण दिएका छन् ।


महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले महाशाखाको नेतृत्व समाल्ने वित्तिकै ७ वटा प्राथमिकताका योजना सार्वजनिक गरेका थिए । त्यसमध्ये ट्राफिक नियमको पालना गर्ने कुरालाई आम नागरिककै चाहनाको रुपमा लैजान ट्राफिक अनुशिक्षण र जनचेतनामा विशिष्टिकरण गरिने पनि थियो । सोही अनुरूप गृह मन्त्रालयका ३५ जना सवारी चालकतथा अन्य ईच्छुक व्यक्तिहरूलाई ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा दिइएको महाशाखाले जनाएो छ ।
मन्त्रालयको सभाहलमा भेला भएका चालकहरूलाई ट्राफिक नियम, कानुनी ज्ञान र मानवीय संबेदनाबारे कक्षा दिइएको छ ।
ट्राफिक व्यवस्थापन राम्रो बनाउन प्रत्येक व्यक्तिले आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्ने कुरा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकाल बताए । साथै सवारी चलाउँदा जिम्मेवार नागरिकको रुपमा प्रस्तुत हुन पनि आग्रह गरे ।यो सचेतना कक्षा निरन्तर सञ्चालन भई अन्य सम्पूर्ण मन्त्रालयका सवारी चालकहरूलाई दिने जानकारी पनि गराए ।

ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा व्यवहारिक र जिवनउपयोगी भएकोले सडकमा सवारी चलाउँदा ठूलो महत्व रहने विचार सहभागी चालकहरूले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्