Logo
Logo

भिजिट भिसाको सेटिङलाई कर्मचारीको छुट्ट्रै मोबाइल, एयरलाइन्सका कर्मचारीको समेत मिलेमतो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ९ कात्तिक
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थि अध्यागमन कार्यालयबाट संगठित रुपमा नै भिजिट भिषामा मानवतस्करी हुने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले देखाएको छ । बिचौलियासँग मिलेर हरेक सिफ्टवमा सेटिङ मिलाएर मानव तस्करी हुँदै आएको आयोगले जनाएको छ ।


आयोगले अध्यागमकनका ११ अधिकृत र दुई कम्पयुटर अपरेटविरुद्ध मुद्दा दायर गरी थप अनसन्धान थालेको छ । आयोगले मुद्दा दायर गरिएकाले १३ जनाले सेटिङकै लागि गोप्य मोबाइल बोकेका थिए । सेटिङमा प्रस्थान अनुमति दिनुपर्ने व्यक्तिहरुको नाम त्यही मोबाइल एसएमएस आउने गर्दथ्यो । प्रतिव्यक्ति १० हजार रुपैयाँ लिएर उनीहरुले आवश्यक कागजपत्र समेत नहेरी प्रस्थान अनुमति दिने गर्दथे । आयोगले दुई सय ४८ जनालाई त्यसरी सेटिङमा उडाएको खुलेपछि २४ लाख ८० हजार रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरिसकेको छ ।
अध्यागमन अधिकृतकहरु कमलप्रसाद पराजुली, नरहरी बराल, दिनेश के.एम., तोरण पराजुली, चक्र बहादुर श्रेष्ठ, मनोज कुमार पोखरेल, बिजय सापकोटा, शैलेन्द्र ढकाल, बिरसिङ्ग भण्डारी, पदम प्रसाद बजगाईँ¸ जगदिशचन्द्र नेपाली र कम्प्युटर अपरेटरहरु रोशन गौतम र भोज प्रकाश न्यौपानेविरुद्ध आयोगले मंगलबार मुद्दा दायर गरेको हो । उनीहरुमध्ये पराजुलीलाई पक्राउ गरेर मुद्दा दायर गरिएको थियो । बिशेष अदालतको आदेशमा उनी बिहीबार तीन लाख धरौटीमा छुटेका छन् । अन्यलाई फरार बनाएर मुद्दा दायर गरिएको थियो ।
उनीहरुले सेटिङमा पठाएका व्यक्तिहरुको नाम नै सफ्टवेयर इन्ट्री नगर्ने छानबिनमा खुलेको छ । सेटिङकै लागि कतिपय अवस्थामा सफ्टवेयर बिगार्ने समेत गरेका थिए ।
गोप्य मोबाइलबाट खुल्यो पोल
गत १५ साउनको बिहानको सिफ्टमा पराजुली डिउटीमा थिए । डिपार्चरको १३ नम्बर डेस्कमा उनको जिम्मेवारी थियो । पासपोर्टमा छाप लगाउनुअघि उनले सर्भरको तार निकाल्छन् र लाइनमा भएकामध्ये नाम हेरेर २० महिलालाई अगाडि बोलाएर भिजिट भिसामा खाडी देश जाने अनुमति दिन्छन् । जुन विषयले अध्यागमन कार्यालयभित्रै चर्चाको विषय हुन्छ । माथिल्ला अधिकारीसम्म उजुरी पुगेपछि छानबिन सुरु हुन्छ । अख्तियारमा समेत उजुरी परेपछि अध्यागमन विभागले उनलाई आयोगलाई बुझाएको थियो । त्यसरी सर्भरको तार निकालेको सिसिटिभी फुटेजकै आधारमा छानबिन सुर भउको थियो ।
सुरुमा अनुसन्धान सोही दिनको सेटिङमा केन्द्रीत थियो । तर, जब डेराको दराजमा लुकाएको मोबाइल फेला पर्छ त्यसले अध्यागमनमा हुने संगठित सेटिङको संकेत मिल्दछ । पराजुलीको ९८१८२६०२२१ नम्बरको सो मोबाइलको सबै कल डिटेल र एसएमस निकाल्ने क्रममा संगठित जालो पत्ता लागेको हो । सो नम्बरबाट उनले विभिन्न नम्बरमा व्यक्तिहरुको नाम नियमित रुपमा पठाउने गरेका थिए । ंती नामहरु भिजिट भिसामा पठाउनुपर्ने व्यक्तिहरको नाम थियो, जून आफ्नै सहकर्मीहरुलाई पठाएका थिए । त्यसरी नाम पठाएका सबै कर्मचारीको पहिचान खोल्न उनी बाध्य भए । सोही मोबाइलको आधारमा अन्य १२ जना कर्मचारी आयोगको फन्दामा परेका हुन् । उनको सेटिङमा रहेका करिब २० जना कर्मचारीले सेटिङका लागि छुट्ट्रै मोबाइल लिएका आयोगको छानबिनमा खुलेको छ ।
खेम सुनुवार नाम बिचौलियामार्फत पराजुलीको समूहले खाडी मुलुकमा उडाएका थिए । सुनुवारको ठेगाना समेत खुल्न नसकेपछि आयोगले मुद्दा दायर गर्न सकेको छैन । बिचौलियासँग मुख्य हिमचिम पराजुलीको रहेको र उनले नै सबै सिफ्टका कर्मचारीसँग सेटिङ मिलाउने जिम्मेवारी लिएका थिए । बयानका क्रममा उनले एक जनालाई उडाएबापत आफुहरुले १० हजार रुपैयाँ पाउने र त्यही पैसा बाँडेर लिने गरेको बताएका छन् । तर, १५ साउनमा भने सफ्टवेयर बिगार्न नेटवर्क थुतेको अस्वीकार गरेका छन् ।
स्रोतका अनुसार विमानस्थलस्थित अध्यागमन कार्यालयमा यसरी भिजिट भिसामा सेटिङ मिलाउने दुई वटा समूहले छ । अर्काे समूहले नै पराजुलीको समूहविरुद्ध उजुरी दिएपछि संगठित जालो खुलेको हो । अर्काे समूहको बारेमा पनि अख्तियारले सूचना संकलन गरिरहेको छ ।

एयरलायन्सका कर्मचारीको समेत मिलेमतो
भिजिट भिसाको सेटिङमा नेपाल एयरलाइन्सका कर्मचारीमाथि समेत आयोगले छानबिन थालेको छ । अधिकृत पराजुलीसँगको गिरोहमा आबद्ध देखिएका विजय अधिकारी र भोजराज कटवालमाथि आयोगले छानबिन थालेको हो ।
भिजिट भिसामा खाडी जानेहरुसँग सरकारले तोकेअनुसार कागजपत्र तथा डलर नभएमा एयरलाइन्सले नै बोर्डिङ पास दिन पाउँदैन । तर, कतिपय अवस्थामा नेपाल एयरलाइन्सका कर्मचारीले सेटिङमा बोर्डिङ पास उपलब्ध गराएका थिए । पराजुलीले नै नेपाल एयरलाइन्सका कर्मचारीहरुले आफुलाई सहयोग गर्दे आएको बताएका छन् । विगतमा पनि यस्तो घटनामा एयरलाइन्सका कर्मचारी पक्राउ परिसकेका छन् ।
त्यस्तै सोही गिरोहमा अध्यागमन अधिकृतहरु मित्रदेव लम्साल, सुरेश श्रेष्ठ, युवराज परियार, याम बहादुर बुढा र मोहन केसीविरुद्ध समेत आयोगले भिटिज भिसामा सेटिङ गराएको आरोपमा छानबिन गरिरहेको छ । एयरलाइन्सका कर्मचारी तथा थप व्यक्तिमाथि दोस्रो चरणमा मुद्दा दायर गरिने अख्तियारका एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्