काठमाडौं । एक लाख रुपैयाँ घुससहित ललितपुर महानगरपालिकाका कर्मचारी पक्राउ परेका छन् । सातौं तहका अधिकृत शेषकान्त पौडेललाई आयोगको टोलीले बिहीबार पक्राउ गरेको हो ।
उनले शिक्षकको सरुवाका लागि घुस रकम मागेका थिए । पीडित व्यक्तिले घुस दिएपछि अख्तियारलाई खबर गरी उनलाई पक्राउ गराएका हुन् ।