Logo
Logo

तीन महिनापछि प्रहरीको आईजिपी को ?


- दृष्टि न्युज/संवाददाता

126
Shares

काठमाडौं, १० कात्तिक ।
नेपाल प्रहरीमा नेतृत्व परिवर्तनको सरगर्मी सुरु भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कार्यकाल अब एक सय ६ दिन मात्र बाँकी छ । उनी अवकाशको तयारीमा लागिसकेका छन् ।
२९ माघपछि खनालसहितको उनको ब्याचले अनिवार्य अवकाश पाउनेछ । त्यसपछिको अवस्थामा डिआईजीबाटै आईजिपीमा बढुवा गर्नुपर्ने अवस्था छ । किनकी सबै आईजिपी त्यही दिन अवकाश पाउनेछन् ।


खनालकै बैकल्पिक टोलीका रुपमा भर्ना भएका ठाकुर ज्ञवाली र तारिणी लम्साल त्यसपछिको आईजिपीका प्रमुख दाबेदार हुन् । ज्ञवाली प्रदेश नम्बर १ तथा लम्साल सुदुरपश्चिम प्रदेशको प्रहरी प्रमुखका रुपमा कार्यरत छन् ।
अहिलको सरकारसँग ज्ञवालीको निकट भएकाले उनलाई नै भावी आईजिपीका रुपमा हेरिएको छ । विगतका कांग्रेससँग निकट भएकाले लम्साललाई गाह्रो रहेको प्रहरी अधिकारीहरु बताउँछन् । डिआईजीको पदस्थापनमा पनि लम्साल सुदुरपश्चिम प्रदेशमा परेका थिए । उनीहरुसँगै भर्ना भएका सूर्य प्रसाद उपाध्याय पनि शक्तिकेन्द्रसँग नजिकिएका छन् । तर, उनको सम्भावना कमजोर छ । किनकी डिआईजी बढुवामै उनी पछि परेका थिए ।
उनीहरुमध्ये एक जना २०७७ को असार अन्तिम सातासम्म आईजिपी हुनेछन् । त्यसपछिको अवस्थामा शैलेश थापा क्षेत्री, हरि पाल प्रद्युम्न कार्की र निरज शाहीबीच प्रतिस्पर्धा हुने छ । अघिल्लो ब्याचलाई समेत टपेर बढुवा भएका विश्वराज पोखरेल समेत असारमै आईजिपी हुने खेलमा छन् ।
त्यसो त माघपछि एआईजी बढुवामै ठूलो मारामार हुने अवस्था देखिन्छ । एआईजीका तीन मात्र दरबन्दी छन् । एक जना आईजिपी भएपछि ज्ञवालीकै ब्याच दुई जना एआईजीका मुख्य दाबेदार छन् । त्यसका साथै असारपछिका आईजिपीको दाबीमा रहेने शैलेश थापा क्षेत्री, हरि पाल तथा प्रद्युम्न कार्की, निरज शाही पनि स्वभाविक रुपमा एआईजी बढुवाका दाबेदार हुनेछन् । तीन पदमा ६ जनाबीच प्रतिस्पर्धा हुने भएकाले एआईजी बढुवा निकै पेचिलो हुने देखिन्छ ।
उता अन्य पदमा पनि प्रहरीमा बढुवाको तयारी सुरु भइसकेको छ । केही पदहरु पहिलेदेखि नै रिक्त रहेकोमा सरकारले करि तीन हजार ६ सय दरबन्दी थप गरेकाले पनि ती पदमा बढुवाको तयारी सुरु भइसकेको छ। तिहार लगत्तै एसएसपीदेखि हवल्दारसम्मका पदमा बढुवा गर्ने गृह मन्त्रालयको तयारी छ ।
त्यस्तै केही डिआईजीहरुको सरुवाको समेत तयारी छ । मेट्रोका डिआईजी शैलेश थापा र सिआईबीका निरज शाहीको एक वर्ष अवधि पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्